राजनीति

ललितपुरमा चिरिबाबुको फराकिलो अग्रता

काठमाडौं । ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले फराकिलो अग्रता बनाएका छन् ।

९ हजार ९८० मत गणना हुँदा महर्जनले ३ हजार ६०२ मतको अग्रता लिएका छन् । महर्जनले ५ हजार ७२९ मत पाउँदा एमाले उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले २ हजार १२७ मत मात्रै पाएका छन् ।

उपप्रमुखमा भने नेकपा एमालेकी आस्था शाक्यले २ हजार ५५२ मत पाएकी छन् । गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका बाबुराज बज्राचार्यले एक हजार ८४८ मत पाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *