राजनीति

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आह्वान गरेको मन्त्रिपरिषद् बैठक सुरु भएको छ।बैठक अहिले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ।

बैठकमा समसामयिक राजनीतिक विषयका साथै संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने विषयमा छलफल हुने जनाइएको छ ।

सरकारले सिफारिस गरेका आठवटै अध्यादेश राष्ट्रपति कार्यालयबाट जारी भइसकेपछि प्रधानमन्त्रीले बैठक आह्वान गरेका हुन् । यसअघि हिजो पनि मन्त्रिपरिषद् बैठक बसेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *