काठमाडौं । बुटवल उपमहानगरपालिकामा मतगणना शुक्रबार राति १२ बजे सुरु हुने भएको छ । मतपेटिका ल्याउने काम सकिएको बताइएको छ । केहीबेरमा सर्वदलीय वैठक बसेर मतगणना सुरु गर्ने तयारी भइरहेको छ ।
मतगणनाका लागि गणकहरु तयारी अवस्थामा रहेका छन् । बुटवलमा कुल ९० हजार ४०४ मतदाता रहेकामा ६२ हजार १०१ मत खसेको छ ।




