राजनीति

सत्तारुढ गठबन्धनले शनिबार बुटबलमा सभा गर्ने

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनले शनिबार बुटवलमा चुनावी सभा गर्ने भएको छ।

बिहान १० बजे बुटवलको देवीनगरस्थित चौपारीमा सभा आयोजना हुने भएको हो ।

सभालाई कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँण र माओवादी केन्द्रका नेता चक्रपाणि खनालले सम्बोधन गर्नेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *