काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकामा मेयर पदका उम्मेदवार केशव स्थापितले निर्वाचन आयोगमा लिखित स्पष्टीकरण बुझाएका छन् ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थापितले स्पष्टीकरण बुझाएको र लिखित स्पष्टीकरणको बारेमा अध्ययन भइरहेको छ ।
एक सार्वजनिक कार्यक्रममा यौन दुर्व्यवहारको विषयमा प्रश्नकर्ता महिलालाई लक्षित गरेर स्थापितले दिएको अभिव्यक्तिप्रति आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।




