राजनीति

चितवन पुगेका प्रधानमन्त्री देउवा नीजि गाडी चढे

काठमाडौं । पार्टी कामका लागि चितवन पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले निजी गाडीको प्रयोग गरेका छन् ।

नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा पार्टीको कामका लागि आएकाले भरतपुर विमानस्थलबाट आफू बसेको होटलसम्म निजी गाडीमा पुगेका हुन्।

प्रधानमन्त्री देउवा कांग्रेस केन्द्रीय सदस्य उमेश श्रेष्ठको बा ३ च २०४० नम्बरको ल्याण्डक्रुजर गाडीमा होटल पुगेका हुन् ।

देउवा आज विराटनगरबाट नेपाली सेनाको एनए ०६२ कलसाइन रहेको जहाजबाट भरतपुर अवतरण गरेका थिए । भोलि हुने सभामा प्रधानमन्त्री देउवासहित, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *