राजनीति

सफा काठमाडौं बनाउने सिंहको प्रतिवद्धता

काठमाडौं । काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट मेयर पदमा उम्मेदबारी दिएकी सिर्जना सिंहले काठमाडौंलाई सफा, स्वस्थ, हराभरा बनाउने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।

काठमाडौंमा भएको एक कार्यक्रममा सिंहले आफूले अन्धकारमय काठमाडौंलाई उज्यालो बनाएर सबैको लागि सुरक्षित काठमाडौं बनाउने बताइन् ।

लामो समय राजनीतिमा संलग्न भएपनि पदको अपेक्षा नगरेको भन्दै सिंहले युवाहरुलाई खेलकुदमा प्रोत्साहन गर्ने, पर्यटकीय, व्यापारिक केन्द्र बनाउने, स्वदेशमै रोजगारको सिर्जना गरेर वैदेशिक रोजगारमा जाने क्रमलाई न्युनीकरण गर्ने कामहरु प्राथमिकतामा राखेर अघि बढ्ने समेत उनको भनाई छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *