काठमाडौं । काँग्रेस केन्द्रीय सदस्य डाक्टर आरजु राणाले संविधानको रक्षाका लागि तीन तहमा गठबन्धन गरिएको बताएकी छन् ।
धनगढीमा आयोजित पत्रकार सम्मेलनमा राणाले पाँच दलीय गठबन्धन कुनै व्यक्तिको हित रक्षाका लागि नभएको बताइन् । उनले केपी ओली नेतृत्वको सरकारको असंवैधानिक र अलोकतान्त्रिक क्रियाकलापलाई सच्याउन विभिन्न विचारका दलबीचको सहकार्य भएको दाबी गरिन् ।
उनले धनगढी उपमहानगरपालिको नेतृत्व गरेका नगर प्रमुख नृपबहादुर वड र उनको टिमले पाँच वर्षको अवधिमा गरेका कामले धनगढी मुलुकको सबैभन्दा उत्कृष्ट पालिका बन्न सफल भएको बताइन् ।




