काठमाडौं । नेकपा एमालेले आसन्न स्थानीय तहको चुनावका लागि ३३ हजार बढि उम्मेदवार उठाएको छ ।
निर्वाचन आयोगका अनुसार नेकपा एमालेले सबै पदमा गरी ३३ हजार ५ सय ३ जना उम्मेदवार उठाएको हो । एमालेले नगर प्रमुखमा २९१ जना, गाउँपालिका अध्यक्षमा ४४७ जना उम्मेदवार उठाएको छ ।
एमालेले राप्रपा, राप्रपा नेपाल र नेपाल परिवार दलसँग चुनावी तालमेल गरेको छ ।




