राजनीति

हुम्लाका सबै स्थानीय तहमा वागी उम्मेदवारी

काठमाडौं । स्थानीय तह चुनावका लागि हुम्लाका सात स्थानीय तहमध्‍ये ६ पालिका अध्‍यक्ष र ७ उपाध्‍यक्षमा बागी उम्‍मेदवारी परेको छ ।

लामो छलफलपछि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच ७ वटा स्थानीय तहमा चुनावी गठबन्धन गर्ने सहमति जुटेको थियो ।

सहमतिअनुसार माओवादीले हुम्लाका चंखेली, ताजाँकोट, सिमकोट, नाम्खा गाउँपालिका अध्यक्ष तथा कांग्रेसले अदानचुली, सर्केगाड र खार्पुनाथ गाउँपालिकामा अध्‍यक्षको उम्‍मेदवारी दिने सहमति भएको थियो ।

कांग्रेस र माओवादीका असन्तुष्ट नेताहरुले वागी उम्मेदवारी दर्ता गराएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *