राजनीति

भक्तपुर जिल्लामा मेयरका लागि ११ जनाको उम्मेदवारी दर्ता

भक्तपुर । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका उम्मेदवारी दर्ता गर्ने आज पहिलो दिन भक्तपुर जिल्लामा ११ जनाले मेयरका लागि उम्मेदवारी दर्ता गराएका छन्।

जिल्लाका चार वटा नगरपालिकामा ११ जनाले नगर प्रमुखमा उम्मेदवारी दर्ता गराएको भक्तपुरका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्कोटाले जानकारी दिए।

भक्तपुर नगरपालिकाका लागि तीन मेयर, एक उपमेयर र आठ जनाले वडाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै मध्यपुरथिमि नगरपालिकाको मेयरका लागि चार जनाले, उपमेयरमा एक जनाले, वडाध्यक्षमा एक जनाले र सदस्यमा दुई जनाले उम्मेदवारी दर्ता गराएका हुन्।

यसैगरी चाँगुनारायण नगरपालिकामा दुई प्रमुख, एक उपप्रमुख, दुई वडाध्यक्ष र सूर्यविनायक नगरपालिकामा दुई प्रमुख तथा दुई वडाध्यक्षले उम्मेदवारी दर्ता गराएको उनले जानकारी दिए।

स्थानीय तहको निर्वाचनका लागि भक्तपुरमा ६ राष्ट्रिय दल र अन्य २८ दलसहित ३४ दल जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका कार्यालय प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिए।

रासस

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *