काठमाडौं । नेकपा एमाले काठमाडौं महानगर कमिटीले स्थानीय तह चुनावका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।
एमालेले घोषणापत्र सार्वजनिक गरेकै दिनमा एमालेको काठमाडौं महानगर कमिटिले प्रतिवद्धापत्र सार्वजनिक गरेको हो । प्रतिवद्धतापत्रमा काठमाडौंको फोहर व्यवस्थापन गर्नेदेखि महानगरका जेष्ठ नागरिकहरुलाई वार्षिक १८ हजार भत्ता दिने उल्लेख छ ।
त्यस्तै माथिल्ला सरकारहरुको मनोरेल, मेट्रोरेलको रणनीति तर्जुमा गर्ने, महानगरका सडक र चोकहरुमा स्मार्ट स्ट्रिट लाइट जडान गर्ने समेत दाबी गरिएको छ ।
फोहरमैलाबाट ऊर्जा उत्पादन गरी वेस्ट टु इनर्जी काठमाडौंको फोहरमैला समस्या दीर्घकालीन रुपमा समाधान गर्ने समेत प्रतिवद्धतापत्रमा समावेश गरिएको छ ।




