काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री केल्ली किडरलिङले परराष्ट्रमन्त्री डाक्टर नारायण खड्कासँग भेटवार्ता गरेकी छन् ।
अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७५ वर्षको अवसरमा नेपाल भ्रमणमा आएकी सहायक विदेशमन्त्री किडरलिङसँगको भेटवार्तामा नेपाल अमेरिकाबीचको मित्रता र द्विपक्षीय सहकार्यबारे छलफल भएको जनाइएको छ ।




