राजनीति

कांग्रेसले वडातहसम्मै प्रचार प्रसार समिति गठन गर्ने

काठमाडौं । नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनको प्रचारप्रसारका वडा तथा टोल तहसम्म प्रचारप्रसार गर्न समिति गठन गर्ने भएको छ ।

स्थानीय तह निर्वाचनको प्रचार प्रसार समितिको आज बसेको बैठकले प्रदेश, जिल्ला, प्रतिनिधिसभा, प्रदेशसभा क्षेत्र, पालिका, वडा र टोलसम्म समिति बनाएर अघि बढ्ने निर्णय गरेको हो ।

काँग्रेसले प्रचार प्रसार सल्लाहकार समितिको संयोजकमा हरिहर विरही, अनलाइन मिडिया समन्वय तथा प्रचारप्रसार समितिको संयोजकमा विष्णु निष्ठुरी, छापा माध्यम समन्वय तथा प्रचारप्रसार समितिको संयोजकमा किरण पोखरेललाई मनोनित गरेको छ ।

यस्तै टेलिभिजन समन्वय तथा प्रचार प्रसार समितिको संयोजकमा अनिता बिन्दु र रेडियो, एफएम समन्वय तथा प्रचार प्रसार समितिको संयोजकमा गोपाल झालाई मनोनित गर्ने निर्णय गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *