काठमाडौं । सरकार बाहिर रहेको लोकतान्त्रिक समाजवादी पार्टीले स्थानीय तह निर्वाचनमा आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गरेको छ ।
लोसपाको केन्द्रीय कार्यकारिणी बैठकले आवश्यकताको आधारमा चुनावमा गठबन्धन गर्न सक्ने र त्यसको अधिकार पार्टीको स्थानीय तहलाई दिने निर्णय गरेको हो ।
सरकारमा समेत जाने तयारी गरेको लोसपाले गरेको निर्णय अनुसार अब सबै राजनीतिक दलहरुसँग चुनावी सहकार्यको बाटो खुला भएको छ ।




