राजनीति

सर्वदलीय सरकार बनाउन वावुराम भट्टराईको नयाँ प्रस्ताव

काठमाडौं । पूर्वप्रधानमन्त्री डाक्टर वावुराम भट्टराईले कम्तिमा १० वर्ष सर्वदलीय सहमतिको सरकार बनाएर जाने नयाँ प्रस्ताव गरेका छन् ।

काठमाडौंमा जारी अर्थशाष्त्रीहरुको सम्मेलनमा पूर्वअर्थमन्त्री समेत रहेका भट्टराईले अहिलेको संसदीय प्रणालीबाट देशको विकास हुन नसक्ने भन्दै सर्वदलीय सरकारको एजेण्डा अघि सारेका हुन् ।

उनले भने,‘देशको अर्थतन्त्रलाई बलियो बनाउन मेरो विचारमा १० वर्षसम्म सर्वदलीय सहमति सरकार बनाएर जाऊँ, नभए प्रत्यक्ष राष्ट्रपतिय सरकार बनाउन लागौं तर यो संसदीय प्रणालीवाट देशको मुहार फेर्न सकिन्न ।’

उनले यसअघि काठमाडौंको मेयरमा चुनाव लड्न आफु तयार रहेको बताएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *