काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रक्रियाका लागि गठन भएको समितिमा बस्ने एमालेको निर्णयको विरोध छन् ।
एमसीसीका बारेमा संसदमा नबोल्ने एमाले महाभियोग सिफारिस समितिमा बसेको भन्दै आलोचना गरेका हुन् । उनले भनेका छन्,‘नेपाली जनताले देशव्यापी उठाएको र राजनीतिक दलमा सर्वाधिक बहस भएको राष्ट्रिय स्वाधीनतासंग सम्बन्धित एमसीसी सम्झौताबारे संसदमा बोल्न नहुने तर प्र.न्या. चोलेन्द्र विरूद्ध महाभियोग सिफारिस समिति गठनसमेतको संसदीय प्रक्रियामा सामेल हुने कस्तो नीति हो ? कसरी बुझ्ने ? संसद अवरोध के भयो त अब ?’
एमालेले संसद अवरोध गरिरहेको विषयमा समेत उनले प्रश्न उठाएका छन् ।




