देश

त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन- शिक्षामन्त्री पोखरेल

काठमाडौं । सरकारले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानका संरचना नभत्काइने स्पष्ट पारेको छ।

सोमबार मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले मैदानका संरचना हटाइने भन्ने हल्ला गलत भएको बताएका हुन्।

उनका अनुसार त्रिवि प्रशासन र विश्वविद्यालय पदाधिकारीसँग आज बिहान भएको छलफलमा मैदान खाली गराउने उद्देश्य नभई लिज सम्झौता समाप्त भएकाले नयाँ सम्झौता गर्ने विषयमा सहमति भएको छ।

मन्त्री पोखरेलले भने, “खाली गराउने उद्देश्य होइन, लिज सकिएकाले नयाँ एग्रिमेन्ट हुन्छ। त्यसमा कुनै समस्या छैन।”

यसअघि त्रिवि प्रशासनले ३५ दिनभित्र क्रिकेट मैदानका संरचना हटाउन सूचना जारी गरेपछि विषयले व्यापक चासो पाएको थियो। सरकारको पछिल्लो स्पष्टतासँगै मैदान संरचना सुरक्षित रहने बताइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *