काठमाडौँ । सशस्त्र प्रहरी बलका ६ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस भएका छन् ।
बढुवा सिफारिस समितिले शुक्रबार ६ एसएसपीलाई डीआईजी पदमा बढुवाका लागि सिफारिस गरेको हो ।
सिफारिस सूचीमा दिग विजय सुवेदी, किरण बस्नेत, माधव प्रसाद पौडेल, प्रविण कडेल, राजेश उप्रेती र नेत्र बहादुर कार्की रहेका छन्।





