राजनीति

चितवन कांग्रेस सभापतिको मतगणना आजै हुने

काठमाडौं । नेपाली कांग्रेस चितवनको अधिवेशनका लागि भएको मतदान सकिएको छ ।

कुल प्रतिनिधि २९०६ जना रहेपनि २८०४ मत मात्रै खसेको छ । सभापतिका लागि खसेको मत आजै गणना गर्ने तयारी छ । सभापति पदको टुंगो लागेपछि मात्रै अन्य पदको मतगणना गर्ने जनाइएको छ ।

चितवन कांग्रेस सभापतिमा कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका मिलनबाबु श्रेष्ठ र संस्थापन इतरका चार जनाबिच प्रतिस्पर्धा हुँदैछ । संस्थापन इतरमा उत्तम जोशी, राजेश्वर खनाल, डाक्टर सूर्यकान्त घिमिरे र कैलाश कोइराला छन् ।

सभापतिका लागि उम्मेदवारले ५० प्रतिशत भन्दाबढी मत ल्याउन सकेनन् भने दोस्रो चरणको मतदान हुने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *