काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी फेरी विभाजन हुने भएको छ ।
मंगलबार केन्द्रीय कार्यकारणी सदस्यद्वय बृषेशचन्द्र लाल र डाक्टर विजयकुमार सिंहले पार्टी परित्यागको घोषणा गरेपछि लोसपा विभाजनको अबस्थामा पुगेको हो ।
मधेश केन्द्रित दलहरूले मधेशको एजेन्डा नै छाडेकाले मधेशी जनताको हितका लागि पार्टी परित्याग गरेको उनीहरुले बताए । उनीहरु तराई मधेश लोकतान्त्रिक पार्टीमा समावेश भएका छन् ।
जसपाभित्र विवाद चलिरहेकै बेला निर्वाचन आयोगमा धनुषाका रविशंकरलाल कर्णको नेतृत्वमा तमलोपा दर्ता भएको थियो ।




