राजनीति

पर्यटनमन्त्री प्रेम आलेले एकसातामा फिल्म देखाउने

काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेले अहिलेसम्मका काम ट्रेलर मात्रै भएको र अबको एकसातामा फिल्म देखाउने दाबी गरेका छन् ।

अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा मन्त्री आलेले देशमाथि घात गर्नेविरुद्ध कडा कदम चाल्न लागेको घोषणा गरेका हुन् । उनले आजसम्मका काम ट्रेलर मात्रै भएको उल्लेख गर्दै एकसाता भित्र पूरा फिल्म देखिने गरी काम गर्ने बताए ।

हालै सार्वजनिक भएको मन्त्री आलेको अडियो टेपको सन्दर्भमा आफूले बोल्दाखेरी तलमाथि पर्न गएको स्वीकार गर्दै बोल्दा तलमाथि भए पनि आफ्नो मनमा कुनै पाप नभएको दाबी गरे ।

आफू जनजातिको छोरा भएका कारण भाषा, संस्कृतिमा कमि भएपनि आत्मा पवित्र रहेको उनको दाबी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *