काठमाडौं । नेकपा एकिकृत समाजवादीले सम्पूर्ण शक्ति चुनावमा केन्द्रित गर्ने निर्णय गरेको छ ।
आज बसेको केन्द्रीय सचिवालयको बेठकले सरकारले स्थानीय तहको मिति तोकेकोमा धन्यवाद दिदै सम्पुर्ण शक्ति चुनावमा केन्द्रित गर्ने निर्णय गरेको हो । बैठकले पाँच दलीय गठबन्धनमा सामेल सबैलाई एकताबद्ध भएर निर्वाचनमा सहभागी हुन समेत आग्रह गरेको छ।
पार्टीका महासचिव डा बेदुराम भुसालले बैठकपछि जारी गरेको विज्ञप्तिमा लोकतन्त्रको उच्चतम प्रयोग निर्वाचन भएको र निर्वाचनका माध्यमबाट सर्वोत्कृष्ट हुन नेता तथा कार्यकर्ताले सम्पूर्ण शक्ति केन्द्रित गर्नुपर्नेमा जोड दिइएको छ।
‘




