काठमाडौं । प्रतिनिधिसभाको बैठक फेरी स्थगित भएको छ ।
भोलिका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक फागुन २ गतेका लागि सारिएको संघीय संसद सचिवालयका महासचिव डाक्टर भरतराज गौतमले जानकारी दिएका छन् ।
भोलि बस्ने बैठकमा एमसीसी सम्झौता टेवल गर्ने तयारी गरिएको थियो । तर सरकारले बैठक स्थगित गर्न आग्रह गरेपछि बैठकको मिति परिवर्तन भएको दाबी गरिएको छ ।





