काठमाडौं । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीका कारण सत्ता गठबन्धनमा कुनै समस्या नरहेको दाबी गरेका छन् ।
आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको छलफलपछि मन्त्री कार्कीले एमसीसीका कारण गठबन्धनमा कुनै समस्या नरहेको र चाँडै कार्यान्वयनमा जाने बताएका हुन् ।
उनले भने, ‘एमसीसीको विषयमा जुन बहस चलिराखेको छ । जुन किसिमको भ्रम र आशंकाहरु छ यो चाँडै नै दूर भएर यो कार्यान्वयनमा जान्छ ।’
एमसीसीलाई संसदमा टेवल गर्ने विषयमा शीर्ष नेताहरुबीच सकारात्मक छलफल भएको दाबी समेत उनले गरे ।




