काठमाडौं । सत्तारुढ गठबन्धन स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने निष्कर्षमा पुगेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले स्थानीय तह निर्वाचन ऐन–२०७३ संविधानसँग बाझिएको निष्कर्ष निकाल्दै संशोधन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।
कांग्रेस उपसभापति पुर्णबहादुर खड्काले दिएको जानकारीअनुसार सत्ता गठबन्धनको बैठकले संविधानसँग बाझिएको स्थानियतह निर्वाचनसँग सम्बन्धित कानुन संशोधनका लागि आवश्यकताअनुसार सरकारले प्रक्रिया अघि बढाउने सहमति जुटेको छ ।
स्थानीय तहको जनप्रतिनिधिको कार्यकालका बारेमा चुनावसम्बन्धी ऐन र संविधानको धारा २१५, २१६ र २२५ बाझिने गठबन्धनको निष्कर्ष छ ।




