काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पार्टी महासचिवमा आफ्नो दाबी स्वाभाविक रहेको बताएका छन् ।
चीनबाट उपचार गरेर स्वेदश फर्किएका पुनले पत्रकारहरुसँग कुरा गर्दै विगतमा पार्टी सचिव भइसकेकाले महासचिवमा दाबी स्वाभाविक हुने बताए । उनले भने, ‘पार्टीमा मैले महासचिवमा दाबी गरेको हुँ । विगतमा पनि सचिव भएर काम गरेको थिएँ । त्यसकारण महासचिवमा मेरो दाबेदारी स्वभाविक हो ।’
आफ्नो दाबी रहने बताएका पुनले सहमतिबाटै पदाधिकारी चयन हुनेमा विश्वास समेत व्यक्त गरे ।




