राजनीति

संसद अवरुद्ध गर्ने एमाले फासीवादी हो– डाक्टर भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई नेकपा एमाले नवफासीवादी भएको आरोप लगाएका छन् ।

भट्टराईले ६ महिनादेखि संसद् अवरुद्ध गर्ने र सर्वदलीय बैठक बहिष्कार गर्ने एमाले बहुदलीय जनवादको खोलभित्र एकदलीय सर्वसत्तावादको अभ्यास गर्ने नवफासीवादी तत्त्व भएको आरोप लगाएका हुन् ।

फेसबुकमा उनले लेखेका छन्,‘विना कारण ६ महिनादेखि संसद् अवरुद्ध गर्ने,वैधानिक सरकारले बोलाएको सर्वदलीय बैठक निरन्तर बहिष्कार गर्नेहरू ‘बहुदलीय जनवादको खोलभित्र एकदलीय सर्वसत्तावादको अभ्यास गर्ने नवफासीवादी तत्त्व हुन् । नबिर्सौँ हिट्लरको मार्ग निर्देशक सिद्धान्त ‘राष्ट्रिय समाजवाद’ थियो र उ चुनावबाटै आएको थियो ।’

एमालेले प्रतिनिधिसभा पुर्नस्थापना भएपछिका सबै बैठक अवरुद्ध गर्दै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *