काठमाडौं । वैज्ञानिक समाजवाद स्थापना गर्ने मुख्य उद्देश्यले कम्युनिष्ट सम्मेलन आयोजना हुने भएको छ ।
नेकपा माओवादी केन्द्र समाजवादी पार्टीले पत्रकार सम्मेलन गरी राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयलाई नयाँ राजनीतिक परिवेशमा कम्युनिष्ट आन्दोलनमा समाहित गर्न सम्पूर्ण कम्युनिष्ट पार्टी, शक्ति र व्यक्ति व्यक्तित्वको संयुक्त आयोजनामा कम्युनिष्ट सम्मेलनको आयोजना हुने जनाएको हो ।
कम्युनिष्ट सम्मेलन आयोजनाका लागि आयोजक समिति गठन गरिनेछ । उक्त आयोजक समितिको संयोजक र सङ्ख्या निकट भविष्यमै सम्पूर्ण कम्युनिष्ट पार्टी बीचमा आपसी समझदारी गरेर घोषणा गरिनेछ । यसका साथै सम्मेलन सफलताका लागि विभिन्न विभाग गठन गरिने अध्यक्ष कर्णजीत बुढाथोकीले जानकारी दिए ।
आगामी दुई वर्षभित्र गरिने सम्मेलनमा अन्तक्रिया, बैठक, प्रशिक्षण, भेला, गोष्ठी, राजनीतिक सम्मेलन, सुझाव सङ्कलन, डिजिटल सिग्नेचर क्याम्पियन, भ्रमण, भेटघाट कार्यक्रम, सांस्कृतिक कार्यक्रम, चियापान कार्यक्रम जस्ता विधि अपनाइनेछ ।




