राजनीति

डा. महतले भने, ‘मतदाताको निर्णय सहर्ष स्वीकार गर्छु’

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदबाट पराजित डा. प्रकाशशरण महतले मतदातालाई धन्यवाद दिएका छन् । उनले बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर विजयी गगन थापा र विश्वप्रकाश शर्मालाई बधाइ र सफल कार्यकालको शुभकामना दिएका छन् ।

सामाजिक सञ्जालमा डा. महतले लेख्छन– ‘यद्यपि परिणाम मैले अपेक्षा गरे अनुरुप आएन । तर मतदाता साथीहरुको निर्णयलाई सहर्ष स्वीकार गर्दै निर्वाचित साथीहरुलाई बधाई र कार्यकालको सफलताको कामना गर्दछु ।

साथै मलाई विश्वास गरी मतदान गर्ने सम्पूर्ण साथीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु । आगामी दिनहरुमा पनि कत्ति विचलित नभई पार्टी देश र जनताको पक्षमा काम गरिरहने छु ।’
जय नेपाल !

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *