काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीय नेतृत्व मञ्चमा ६ जना सदस्य मनोनीत गरेको छ ।
सोमबार बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको पार्टीका प्रवक्ता मनीष झाले जानकारी दिएका छन् ।
उनका अनुसार मञ्चमा तुलसी प्रसाद चौधरी, राम सिंह थारू, जीवन धामी, प्रेमा चौधरी, नवराज राना र एकराज चौधरी मनोनीत भएका छन् ।
यसअघि उज्यालो पार्टीबाट आएका र पछि पुनः रास्वपामै बसेका केही सदस्यहरूलाई पनि उक्त मञ्चमा समेटिएको जनाइएको छ ।




