राजनीति

एमाले केन्द्रीय कमिटि बैठक भोलिसम्मका लागि स्थगित, आइतबार अध्यक्ष ओलीले जवाफ दिने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटिको बैठक भोलि बस्नेगरी सकिएको छ ।

दुई दिनदेखि जारी एमालेको केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनमा पेश गरिने राजनीतिक, सांगठनिक प्रस्तावमा समहुगत छलफल भएको थियो । समुहगत छलफलका लागि एमालेले १० वटा समुह बनाएको थियो ।

समूहगत छलफल सकिएपछि आज टोली नेताहरुले छलफलको निष्कर्ष बैठकमा सुनाएका छन्। समूहगत सुझाव पेश गर्ने काम मात्रै सकिएको तर अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने काम नसकिएकाले बैठक भोलि बिहान ११ बजे बस्नेगरी सकिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् ।

नेकपा हुँदै विभाजनको कालखण्डबाट गुज्रिएको र फेरि पनि कम्युनिस्ट पार्टीबीच एकताका लागि एमालेले पहल गर्नुपर्ने सुझाव आएको र यसका लागि सबै कम्युनिस्ट दलसँग छलफल गर्नुपर्ने सुझाव समेत बैठकमा पेस भएको प्रमुखले भट्टराईले बताए ।

युवा सहभागिता बढाउनसँगै युवलाई नेतृत्व र नीति निर्माण तहसम्म लैजाने, पार्टीमा समावेशीतालाई अघि बढाउने लगायतका सुझाव आएको उनले जानकारी दिए । कतिपय केन्द्रीय सदस्यहरुले लिखित रुपमा समेत सुझाव दिएका छन् ।

भोलि बस्ने बैठकमा अध्यक्ष ओलीसँगै महासचिव इश्व्र पोखरेलले जवाफ दिएपछि सकिनेछ । एमालेले असोज १५ गतेका लागि विधान अधिवेशन बोलाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *