देश

भरतपुरमा दर्ताविहीन डेण्टल क्लिनिकमा ‘नक्कली डाक्टर’ उपचार, मेडिकल काउन्सिलले सिल गर्‍यो

काठमाडौं । चितवनको भरतपुर–१०, हाकिमचोकस्थित हेल्दी स्माइल डेण्टल केयर सेन्टर दर्ताविहीन रूपमा सञ्चालन भएको खुलासा भएपछि नेपाल मेडिकल काउन्सिलले क्लिनिक बन्द गराएको छ।

अनुगमन टोलीका सदस्य तथा नेपाल चिकित्सक सङ्घका केन्द्रीय अध्यक्ष डा। अनिलविक्रम कार्कीका अनुसार, उक्त क्लिनिक सञ्चालक विषम चौधरी कुनै पनि नियामक निकायमा दर्ता नभएको प्रमाणित भएको छ। अनुगमनका क्रममा चिकित्सक भेटिनु त परै जाओस्, चौधरीले आफूलाई भारतको छत्तिसगढबाट बिडिएस र कान्तिपुर डेण्टलबाट सिडिएस अध्ययन गरेको दाबी गरेका थिए। तर, मेडिकल काउन्सिलमा उनको नाम दर्ता नभएको कार्कीले स्पष्ट गरे।

नेपाल डेण्टल एशोसिएशनका अध्यक्ष डा. अजयकुमार साह, काउन्सिल सदस्य डा। विक्रान्त ढकाल तथा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सहभागी अनुगमन टोलीले काउन्सिलमा परेको उजुरीका आधारमा छापा मारेको हो।

अनुगमनपछि क्लिनिकको सिसी टिभी हार्डडिस्क जफत गरी काउन्सिलमा पठाइएको छ। अध्ययनपछि अझै थप प्रमाण जुटाइने जनाइएको छ।

बिरामीसँगको सोधपुछमा चौधरीले आफू चिकित्सक भएको दाबी गर्दै उपचार गर्ने गरेको पुष्टि भएको छ। घटनास्थलमा चौधरीसहित अन्य दुई कर्मचारी पनि कार्यरत थिए।

’ उपचार, मेडिकल काउन्सिलले सिल गर्‍यो

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *