काठमाडौँ – नेपाल शिक्षक महासङ्घले सरकारले आफ्ना माग बेवास्ता गरेको भन्दै थप कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।
शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकारले गरेको २७ बुँदे सहमति कार्यान्वयन नगरेकाले अबको आन्दोलन विगतभन्दा कडा र दबाबपूर्ण हुने जानकारी दिनुभयो।
महासङ्घले घोषणा गरेको कार्यक्रमअनुसार :
-
भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइनेछ।
-
भदौ ११ देखि २० गतेसम्म केन्द्रस्तरमा सबै राजनीतिक दलका कार्यालय अगाडि २ घण्टे धर्ना दिँदै ध्यानाकर्षण पत्र बुझाइनेछ।
-
भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते जिल्लास्तरमा पनि त्यस्तै कार्यक्रम हुनेछ।
-
भदौ २१ गते दोस्रो चरणको आन्दोलन कार्यक्रम सार्वजनिक गरिनेछ, जसमा अवधारणात्मक र विरोध प्रदर्शनका थप गतिविधि रहनेछन्।
सुवेदीले शिक्षा विधेयक संसदीय समितिबाट पारित भएपछिको अवस्थाप्रति असन्तुष्टि जनाउँदै, “अबको आन्दोलन सरकारलाई दबाबमा पार्ने गरी अघि बढाइन्छ,” भन्नुभयो।




