काठमाडौं ।नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको आरोपमा आफूलाई पार्टीले औपचारिक रूपमा कुनै स्पष्टीकरण नबुझाएको स्पष्ट पारेकी छन्।
पार्टीको केन्द्रीय कार्यालय आलोनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै झाँक्रीले केही शक्तिशाली पदाधिकारीहरूले मिडियामार्फत स्पष्टीकरण मागिएको प्रचार गरे पनि त्यो वास्तविकता नभएको बताइन्।
“केही शक्तिशाली पदाधिकारीहरूले मिडियामा स्पष्टीकरण सोधिएको जस्तो बोलेको देखिन्छ। तर, मलाई औपचारिक रूपमा केही पनि सोधिएको छैन,” झाँक्रीले भनिन्। “मलाई टेलिभिजनबाटै पार्टीबाट निकालिन्छ, स्पष्टीकरण सोधिन्छ भन्ने सुन्नुपर्यो। पार्टीले १५ गते कुनै प्रतिक्रिया नदिन निर्देशन दिएको थियो, त्यसपछि उहाँहरूले प्रोत्साहन पाएजस्तो देखियो।”
उनका अनुसार पार्टीलाई क्षति नहोस् भन्ने हेतुले सचिवालय बैठकमै आफ्नो धारणा राख्न आफू स्वेच्छाले निवेदन लिएर उपस्थित भएकी हुन्।




