देश

तरूण दल र किसान महासंघको विधान परिमार्जनसहित पारित

काठमाडौं । नेपाली कांग्रेसले नेपाल तरूण दल र नेपाल किसान महासंघको विधान परिमार्जनसहित पारित गरेको छ ।

सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विधान परिमार्जनसहित पारित गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

उनले भने, ‘नेपाल तरूण दलको विधान, २०१० (संशोधनसहित- सातौं संशोधन २०८१/०६/०६) र नेपाल किसान महासंघको विधान, २००८ (संशोधन सहित- सातौं संशोधन २०८१) परिमार्जनसहित पारित गरेको छ ।’