देश

रवि अदालत उपस्थित गराइयो

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई कास्की अदालतमा पेस गरिएको छ । उनी माथिको अनुसन्धान अझै नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले आज म्याद थपका लागि पुनः अदालत उपस्थित गराएको हो ।

गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरिएका लामिछानेलाई सोही दिन कास्की पुर्‍याइएको थियो । त्यसयता रुपन्देही र काठमाडौंमा बयान दिएपछि उनलाई गत मंगलबार चितवन लगेर पनि बयान लिइएको थियो । अनुसन्धान प्रक्रिया अझै सम्पन्न नभएकाले प्रहरीले थप १३ दिनको म्याद माग गरेको छ ।

लामिछानेमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध आरोपमा अनुसन्धान भइरहेको छ । विभिन्न सहकारीको रकम गोर्खा मिडियामा लगेर रकम अपचलन गरेको आरोप उनीमाथि छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *