देश

विपद् जोखिम व्यवस्थापन कार्यकारी समितिको बैठक जारी

काठमाडौँ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक जारी छ ।

बैठक विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय सिंहदरबारमा जारी रहेको छ । बैठकमा विपदपछिको उद्धार, राहत र पुन: निर्माणको बारेमा छलफल हुने बताइएको छ ।

हालैको बर्षापछि सरकारले उद्धार र राहतमा प्रभावकारी काम गर्न नसको आरोप लागिरहेका बेला समितिको बैठक बसेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *