देश

प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध उजुरी दिने उजुरीकर्तासँग समितिले गर्‍यो छलफल

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका न्यायाधीश प्रकाशमान सिंहविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल गरेको छ ।

मंगलबार समितिको बैठकमा उजुरीकर्तासँग समितिले छलफल गरेको हो । राउतविरुद्ध विभिन्न ६ वटा उजुरी परेको छ । राउतलाई नेपाली कांग्रेसको पक्षधरता लिएकोदेखि श्रीमतीलाई हेला गरेकोसम्मको आरोप लगाउँदै उजुरी दर्ता भएको थियो ।

राउतविरुद्धको उजुरीमाथि आज छलफल हुने र भोलि बस्ने बैठकले निर्णय लिनेछन् । राउतको नाम अनुमोदन हुने निश्चितजस्तै रहेको हुँदा असोज २० गतेबाट ०८२ चैत १६ गतेसम्म राउतले सर्वोच्च न्यायालयको नेतृत्व गर्नेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *