विश्व

भियतनामी राष्ट्रपति थुओङद्वारा राजीनामा

हनोई।भियतनामका राष्ट्रपति भो भान थुओङले ‘उल्लङ्घन र कमी कमजोरी’का लागि आफू दोषी रहेको भन्दै राजीनामा दिएका छन् ।

भियतनाम समाचार एजेन्सीका अनुसार राष्ट्रपति थुओङले पार्टी, राज्य र जनताप्रतिको आफ्नो जिम्मेवारीप्रति पूर्ण सजग रहेर राष्ट्रपतिको पदबाट राजीनामा दिएको बताएका छन् ।

भियतनामको सत्तारुढ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले राष्ट्रपति थुओङले पार्टीमा पेश गरेको राजीनामा दलबाट स्वीकृत भएको पुष्टि गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *