देश

कृष्ण बहादुर राउतविरुद्ध पनि मुद्दा चलाउने

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा सञ्चार सचिव कृष्णबहादुर राउतविरुद्ध पनि मुद्दा चलाउने निर्णय भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले राउतलाई प्रतिवादी बनाउन राय नदिएको भएपनि जिल्ला सरकारी वकिलको कार्यालयले राउतलाई पनि प्रतिवादी बनाउने निर्णय गरेको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले राउतसमेतलाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दर्ताका लागि पठाइएको बताए ।

यस्तै दाङका प्रमुख जिल्ला अधिकारीसमेत रहेका सहसचिव वैद्यलाई पनि प्रतिवादी बनाइएको छ । यो प्रकरणमा २९० जना प्रतिवादी कायम गरेर मुद्दा पठाइएको न्यौपानेले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *