देश

मेलम्चीको पानी जेठ १ देखि बन्द

काठमाडौं ।मेलम्ची खानेपानी आयोजनाबाट पानी वितरण कार्य जेठ १ गतेदेखि बन्द हुने भएको छ।

मेलम्ची खानेपानी विकास समितिका अनुसार हेडवर्क्स एवं सुरूङको बाँकी मर्मत कार्यका लागि पानी पथान्तरण स्थगित गर्न लागिएको हो।

यस वर्ष वर्षायाम सकिएलगत्तै पानी पथान्तरण गर्नु परेका कारण बाढीले पुर्‍याएको क्षतिको मर्मत गर्न नपाइएको भन्दै आयोजनाले पानी वितरण रोक्नुपरेको जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *