राजनीति

तीनपटक चुनाव जितेका माेहन बस्नेत तीनैपटक मन्त्री

काठमाडौं । नवनियुक्त स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत तीनपटक सांसदको चुनाव जितेर तीनैपटक मन्त्री बन्न सफल भएका छन् । यसअघि उनी सिन्धुपाल्चोक १ बाट दुईपटक र एकपटक सिन्धुपाल्चोक २ बाट निर्वाचित भएका हुन् ।

पहिलोपल्ट २०५६ सालमा स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका बस्नेत दोस्रोपटक सञ्चार तथा सूचना प्रविधि मन्त्री बनेका थिए । यसपटक भने उनी स्वास्थ्य मन्त्री बन्न सफल भएका छन् । दुईपटक कांग्रेस नेतृत्व र एकपटक माओवादी नेतृत्वको सरकारमा मन्त्री बनेका बस्नेत कांग्रेसको केन्द्रीय सदस्य पनि हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा दुईपटक प्रधानमन्त्री हुँदा बस्नेत मन्त्री बनेका थिए ।

नेपाली कांग्रेसको केन्द्रीय दैवीप्रकोप उद्धार समितिको संयोजक र खेलकुद विभागका प्रमुख भइसकेका बस्नेत सामाजिक सेवामा पनि उत्तिकै क्रियाशील छन् । भूकम्प, बाढीपहिरो, कोरोना महामारीका बेला उनले सिन्धुपाल्चोकवासीका लागि काम गर्दै आएका छन् ।

२०४१ सालदेखि बस्नेत शिक्षा क्षेत्रमा क्रियाशील रहँदै आएका छन् । उनले त्रिविबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *