समाचार

मिस नेपाल–२०२३ को आवेदन खुल्यो

काठमाडौं । मिस नेपाल–२०२३ को आवेदन खुला भएको छ । आयोजक हिडन ट्रेजरका अनुसार आवेदन म्याद चैत १ गतेसम्म हुने भएको छ । प्रतियोगितामा न्यूनतम ५ फिट ३ इन्च उचाइ तथा १८ देखि २७ वर्षका अविवाहित युवतीले आवेदन दिन सक्ने भएका छन् ।

मिस नेपाल–२०२३ को फाइनल जेठ १३ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा भएको छ ।

गत वर्षको मिस नेपाल अर्थ २०२२ सरिशा श्रेष्ठले फिलिपिन्समा भएको मिस अर्थ २०२२ प्रतियोगितामा सहभागी भएकी सरिशाले बेस्ट इको भिडियो (एसिया) विजय गरेकी थिइन् ।

मिस नेपाल इन्टरनेशनल २०२२ न्यान्सी खड्का जापानको टोकियोमा आयोजित मिस इन्टरनेशनल २०२२ मा सहभागी बनेकी थिइन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *