काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीलाई दिइने मन्त्रालयको विषयमा सोमबार मात्र टुङ्गो लगाउने भएको छ ।
काठमाडौं । भागबन्डामा खानेपानी मन्त्रालय पाएको जनमत त्यसप्रति असन्तुष्ट भएपछि प्रधानमन्त्री प्रचण्डले आइतबारसम्मका लागि मागिएको समय भोली सोमवारका लागि सरेको छ ।
जनमत पार्टीका प्रवक्ता समेत रहेका खानेपानी मन्त्री अब्दुल खानले मन्त्रालयको विषयमा सोमबार मात्र टुङ्गो लगाउने कुराकानी भएको बताए । उनका अनुसार आज आज सार्वजनिक विदाका कारण खासै कुराकानी हुन नसक्ने भएकाले सोमबार मन्त्रालयको टुङ्गो लगाउने कुरा भएको छ ।
प्रधानमन्त्री प्रचण्ड र जनमत पार्टीका अध्यक्ष सिके राउतका बीचमा कुराकानी हुनसक्छ तर त्यसको विषयमा अझै टुङ्गो नलागेकाले उनले आज सत्ताधारी दलका अध्यक्षहरूको बीचमा आज बालुवाटारमा छलफल हुने भनिएको छ । तर जनमत पार्टीलाई दिइने मन्त्रालयको विषयमा कुराकानी हुनसक्ने सम्भावना रहेको उनको भनाइ छ ।




