समाचार

एमाले स्थायी कमिटीको बैठक जारी, यस्ता छन् एजेण्डा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटीको बैठक जारी रहेको छ । मंगलबार बिहान पार्टी मुख्यालय च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बसिरहेको छ ।

बैठकमा पोलिट्ब्युरो र केन्द्रीय कमिटी बैठकमा लैजाने एजेण्डा, निर्वाचनको तयारी, पार्टी घोषणा पत्रमा समेट्ने विषयवस्तुमा केन्द्रित रहेर छलफल चलिरहेको छ ।

एमालेले भदौ ९ गते पोलिटव्यूरो, १० र ११ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी निर्वाचनका लागि केन्द्रीय सदस्यहरुलाई विशेष जिम्मेवारी दिइने तयारी एमालेले गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *