काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले अन्डरग्राउण्ड पार्किङलाई अन्य प्रयोजनमा नलगाउन आग्रह गरेका छन् ।
उनले महानगरभित्रका संरचनामा अन्डरग्राउण्ड पार्किङ अन्य प्रयाेजनमा लगाइएकाे भए हटाउन भनेर निकालिएको ३५ दिने सूचनाको म्याद सकिएको स्मरण गर्दै उनले पार्किङ भनेर नक्सा पास भएका तर अन्यरूपमा प्रयोग भएका संरचनाहरूको अनुगमन, खोजी र कारबाही सुरु भएको जानकारी समेत दिएका छन् ।
उनले भने, ‘हामीले आज बानेश्वर क्षेत्रबाट कारबाही सुरु गरेका छौँ । विस्तारै सबैतिर महानगर पुग्नेछ । यसैले हामी अनुरोध गर्दछौँ कि पार्किङका लागि बनाइएका संरचनाहरु पार्किङमा नै प्रयोग गरिदिनुहोला । यसो भएमा शहरमा पार्किङ समस्याको वास्तविकता पहिचान हुनेछ, सडकमा पार्किङ गर्नु पर्ने बाध्यता कम हुनेछ भने महानगरलाई पार्किङ व्यवस्थापनका लागि योजना बनाउन सहज हुनेछ ।’
त्यस्तै, उनले यस कार्यमा सबैले सचेततापूर्वक साथ दिने विश्वाससमत उनले व्यक्त गरेका छन् । उनले भने, ‘कृपया, कारबाही भन्दा पनि महानगरप्रतिको जिम्मेवारीले पनि आफु सचेत बनिदिनु हुनेछ भन्ने विश्वास गर्दछौँ ।’




