समाचार

ई–बिडिङ प्रकरणमा अदालतको आदेश : एक नासु पुर्पक्षका लागि थुनामा, ११ जनालाई धरौटीमा रिहाको आदेश

काठमाडौं । बहुचर्चित ई–बिडिङ प्रकरणमा अदालतले फरक–फरक आदेश जारी गरेको छ। मुद्दामा संलग्नमध्ये एक सरकारी कर्मचारी पुर्पक्षका लागि थुनामा पठाइएका छन् भने ११ जनालाई धरौटीमा रिहा गर्न आदेश दिइएको छ।

अदालतको आदेशअनुसार सूचना प्रविधिसम्बन्धी काममा संलग्न नासु तथा कम्प्युटर अपरेटर दिवाकर देउजा लाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो।त्यस्तै, राप्रपा नेता विक्रम पाण्डे सहित ११ जनालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।

यस प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कुल २२ जनामाथि मुद्दा दायर गरेको थियो। तीमध्ये १० जना हाल फरार रहेको बताइएको छ।

ई–बिडिङ प्रणालीमार्फत सार्वजनिक खरिद प्रक्रियामा अनियमितता भएको आरोपमा यो मुद्दा अघि बढाइएको हो। अनुसन्धान निकायले संलग्नता र भूमिकाका आधारमा फरक–फरक व्यक्तिमाथि मुद्दा दायर गरेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *