काठमाडौं । तीन वर्षदेखि खाली रहेको उपसभामुख कांग्रेसको भागमा परेको छ । सभामुख अग्नि सापकोटाले ३१ गते उपसभामुखको निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरिसकेका छन् ।
उपसभामुख कांग्रेसलाई दिने गरी सहमति भइसकेको एक नेताले जानकारी दिए । राष्ट्रियसभा उपाध्यक्षको समेत निर्वाचन छिट्टै हुने भएको छ । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएसँगै अर्को चयन हुन सकेको छैन ।




