काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मगलबार सुन तोलामा ४ हजार ४०० रुपैयाँले बढेर ३ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । हिजो सोमबार २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य बढेको छ । आज चाँदीको ३५५ रुपैयाँले बढेर ५ हजार ६ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । हिजो सोमबार ५ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको थियो ।




